• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

मलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन् नेपाली

Fm Radio Link

मलेसिया,

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए ।

 


विमानस्थलको दुई तलामूनि बस र रेल रोकिमलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन् नेपालीने स्टेसन उनी ओर्लिए । प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट झरेलगत्तै दुई युवक त्यहाँ आइपुगे । उनीहरुले आफूहरु विमानस्थलको कर्मचारी रहेको परिचय दिदैँ यात्रुको सहयोगका लागि बसेको बताए । उनीहरुले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौँ जान लागको भन्दै सीधा जवाफ दिए ।

 


आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो । छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरुले थापाको पिछा गरे ।

 


लिफ्टमा तीनजना मात्र भए । थापासँग पैसा माग्न थालियो । अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरुबाट छुटकारा पाउनै सकेनन् ।

 


 

प्रतिकृया दिनुहोस