• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

अबैध रुपमा तेस्रो मुलुक लैजान लागिएका १ सय ७९ नेपालीकाे उद्दार

Fm Radio Link

काठमाडौं,

अबैध रुपमा रोजगारीको निम्ती  भारतको मार्ग हुँदै तेस्राे मुलुक लैजान लागिएका १ सय ७९ नेपालीको उद्दार गरिएको छ ।  मानव बेचविखनको जोखिममा रहेका उनीहरुलाई भारतबाट  माइती नेपाल नामक संस्थाको सक्रियतामा मंगलबार विहान झापा हुँदै काठमाडौं फर्काइएको हो ।

 


मानव बेचविखनको जोखिममा रहेका उनीहरुलाई मणिपुरबाट म्यानमार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीको सहयोगमा  उद्धार गरेको थियो । सोमबार भारतको मणिपुरबाट आसामको गुवाहाटी हुँदै उनीहरुलाई  पूर्वीनाका काँकडभिट्टा पुर्याएको माइती नेपालले जनाएको छ । उद्धार गरिएका मध्य १ सय ४७ महिला र ३२ पुरुष रहेकाे माइती नेपालले जनाएकाे छ ।

 


उद्दार गरिएका  उनीहरुलाई माइती नेपालको काठमाडौंस्थित पुनःस्थापना गृहमा राखिने बताइएको छ ।

 


 

प्रतिकृया दिनुहोस