• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

अस्ट्रेलियाली संसद र राजनीतिक दलको कम्प्युटर ह्याक

Fm Radio Link

सिड्नी,

अस्ट्रेलियाली मुलुकका प्रमुख राजनीतिक दलहरू र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ। निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको संघारमै गोप्य सूचना बाहिरिएको छ। 

 


प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरूले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरूलाई जानकारी दिएका छन्। उनका अनुसार राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको थियो । 

 


'हाम्रा साइबर विज्ञहरूको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,' मोरिसनले बताए।

 


 

यसै महिनाको सुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो। अस्ट्रेलियाले सुरक्षा निकायहरूले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेका छन् । 

 


उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरू स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए। साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए।

 


उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे। साथै  रुससँग पनि यस्तो क्षमता रहेको बताए। 

 


 

प्रतिकृया दिनुहोस