• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

राष्ट्रिय यातायात नीति संशोधन हुँदै

Fm Radio Link

काठमाडौँ,

१७ वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयको अनुसार राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको छ । 

 




मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको बताउनुभयो । उनका अनुसार सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने छ । सापकोटाले भने, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने स्पष्ट पार्नेछ ।” 

 




मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको प्रवक्ता सापकोटाले बताए । सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उनले  जानकारी दिए । 

 


 

प्रतिकृया दिनुहोस