• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल आयात

Fm Radio Link

काठमाडौं,

सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आवमा  फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात भएको छ  ।

 


स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ ।  मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो ।

 


राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । 

 


 

प्रतिकृया दिनुहोस