• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

प्रादेशिक कुस्ती खेल प्रतियोगिता सिरहाको लहानमा सम्पन्न ।। 

Fm Radio Link

सिरहा, सिरहाको लहानमा प्रदेश नं. २ स्तरीय कुस्ती खेल प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नं. २ स्तरीय कुस्ती खेल प्रतियोगितामा २ नं. प्रदेशका सप्तरी जिल्ला बाहेक सिरहा , धनुषा , रौतहट , महोत्तरी , बारा , पर्सा , सर्लाही जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

 

सिरहा जिल्ला खेलकुद परिषदका अध्यक्ष सचिदानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा प्रथम, द्धितिय र तेस्रो स्थान प्राप्त गरेका खेलाडीलाई मेडल र प्रमाण पत्रले सम्मानित गरेको छ ।

 

 

जसमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा पर्साका नरेश यादव, ६१ केजी तौलमा पर्साका जय मंगल यादव, ६५ केजी तौलमा पर्साका सरोज यादव ,७० केजी तौलमा पर्साका मनोज प्रसाद यादव , ७४ केजी तौलमा बाराका मुत्तार आलम , ७९ केजी तौलमा बाराका बुन्नीलाल राउत , ८६ केजी तौलमा पर्साका आदेश प्रसाद यादव ९२केजी तौलमा पर्साका समिर साह , ९७ केजी तौलमा पर्साका सन्दीप कुमार यादव , १२५ केजी तौलमा पर्साका राज यादव रहेको छ भने रजत पदक प्राप्त गर्ने खेलाडीहरुमा ५७ केजी तौल समुहमा बाराका अमरेश कुमार यादव , ६१ केजी तौलमा बाराका उमेश प्रसाद यादव , ६५ केजी तौलमा सिरहाका अमरनाथ यादव ,७० केजी तौलमा बाराका आदित्य कुमार यादव , ७४ केजी तौलमा पर्साका लक्ष्मण यादव , ७९ केजी तौलमा पर्साका बलीराम यादव , ८६ केजी तौलमा सिरहाका जितेन्द्र यादव ,९२केजी तौलमा महोत्तरीका धिरज यादव , ९७ केजी तौलमा बाराका सलाम मिया, १२५ केजी तौलमा बाराका शम्भु दलेस यादव  रहेको  सिरहा जिल्ला खेलकुद परिषदका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस