• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

२१ लाख ३१ हजार बराबरको मादक पदार्थ नियन्त्रणमा, लुज विल प्रयोग गरि भ्याट छलि को आशंका

Fm Radio Link

इनरुवा, शसस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादर भण्डारी कमाण्ड टोलिले कोसि व्यारेज बाट करिब २१ लाख ३१ हजार दुई सय बराबरको मादक पदार्थ नियन्त्रणमा लिएको छ । 

 

 

झुम्कामा रहेको प्रतिमा कोल्ड सेन्टरले मादक पदार्थ बिल बिजक र भ्याट बिल बिना नै बिक्रि वितरण गरिरहेकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजस्व कार्यलय इटहरीमा बुझाइएको शसस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादर भण्डारीले बताएका छन् । 

 

 

प्रतिमा कोल्ड सेन्टरले मादक पदार्थ विक्रि वितरणका लागि हाल सम्म लुज विल प्रयोग गरि भ्याट छलि गरिरहेको आशंका भएको स्रोतको दावि छ । 
 

प्रतिकृया दिनुहोस