• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

चिया चौतारी मार्फत दौडदै बुटवल युवा साहित्य

Fm Radio Link

बुटवल,

साहित्यप्रेमी युवाहरु संगठित भई हरेक हप्ता बुटवलमा कार्यक्रम हुँदै आएको छ ।यसै क्रममा बुटवलमा रहेको शितल चैतारी प्रतिष्ठान नेपालले यहि फागुन १८ गते कार्यक्रमको प्रथम पृष्ठ तयार गरेको छ ।

 


संस्थाले गएको माघदेखि नयाँ योजना तर्जुमा गरेको छ । हरेक महिनामा पर्ने साहित्यप्रेमीहरुको जन्मदिनमा उनिहरुको विशेष रचना वाचन र सम्मान गर्ने कार्यक्रम सुरु गरिएको हो ।

 


नयाँ योजना अन्तरगत फाल्गुन महिनामा गजलकार गणेश खनाल र कवि दीप पाण्डेयलाई विशेष सम्मान र शुभकामना कार्यक्रम राखिएको छ । फागुन २ गते गजलकार गणेश खनाल र फागुन १८ गते कवि दीप पाण्डेयको जन्मदिन रहेको छ ।

 


‘यहाँ छरिएर धेरै साहित्यिक संस्थाहरु रहेता पनि सक्रीयता न्यून रहेको’, कवि दीप पाण्डेयले दुखेसो पोखे ।यस संस्थाले स्थापना कालदेखी नै विभिन्न कार्यक्रम गर्दै आएको भएता पनि औपचारिकतामा नआएको पाण्डेय बताउँछन् ।

 


“बुटवलको साहित्य तानाशाही किसिमको रहेको जस्तो लाग्छ ।”, सोहि संस्थामा सक्रीय गजलकार आकाश थापा भन्छन्, ” बुटवलमा राम्रा साहित्य चेत भएका युवाहरु छन् तर विविध कारण हामी पछाडी परेका छौं ।”

 


भर्खर मात्र स्थापना भएको चिया चौतारी बुक्स क्याफेले यस संस्थालाई हल प्रदान देखि विभिन्न सहयोग गर्दै आइरहेको कवि पाण्डेय बताउँछन् ।

 


 

प्रतिकृया दिनुहोस