• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

जुम्लामा पाठ्यपुस्तक पुग्यो

Fm Radio Link

जुम्ला, विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष भने समयमानै  पाठ्यपुस्तक पुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्त भित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुगेको हो ।

 

 

जुम्लामा अहिले सम्म कक्षा ६ देखि ८ सम्मका ८ सय सेट र कक्षा १ देखि ५ सम्मका ८ सय सेटका सम्पूर्ण पाठ्यपुस्तक पुगेको जिपी स्टेशनरी जुम्लाका संचालक गणेश बहादुर रोकायाले जानकारी दिनुभयो । जुम्लाका विद्यार्थीहरुलाई पुग्ने गरी पाठ्यपुस्तक समयमा नै पुगेकाले यो वर्ष विद्यार्थीलाई समस्या नहुने रोकायाको भनाई छ । शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटाका अनुसार जुम्लाका सम्पुर्ण विद्यालयहरुमा सममयै पुस्तक पुग्नेछ । 

 


यसैविच नेपाल सरकारले वितरण गर्दै आएको आयोडिन युक्त नुन जुम्लाका व्यापारीले दोब्बर मुल्यमा विक्रि गर्दै आएको पाइएको छ । जिल्ला सदरमुकाम खलंगादेखि ग्रामिण बजारमा व्यापारिका पसलमा अनुदानको नुन दोब्बर मूल्यमा बिक्री हुने गरेको पाइएको हो । व्यापारीले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ ।

 

 

प्रति केजी नौ रूपैयाँमा पाइने अनुदानको नुन पसलबाट २५ रुपैयाँमा किन्नु पर्ने बाध्यता जुम्लाका बासिन्दालाई छ । नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले अनुदानको नुन बजारमा बिक्री नभएको भन्दै बिक्री गरेको पाईएमा कानुन अनुसार कारवाही हुने बताउनु भयो ।  

प्रतिकृया दिनुहोस