• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

लोकदोहोरी गीत ‘बधाई’ सार्वजनिक

Fm Radio Link

काठमाडौं, छाउपडीमा आगो लागेर जलेकी धना परियार र तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदोहोरी गीत ‘बधाई’ सार्वजनिक भएको छ ।

 

किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रालीकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा गीत बजारमा ल्याएकी हुन् । 

 

 

समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषी खड्काले संगीत भरेका छन् ।

 

 

त्यसैगरी म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।

 

 

उक्त गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन्। साथै देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागी आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।

 

 

 

प्रतिकृया दिनुहोस