सीइओ निलेश मान सिंह प्रधानको पदावधि ४ वर्ष थप
काठमाडौं, नेपाल क्लियरिङ हाउस लिमिटेडको १२३ औं सञ्चालक समितिको बैठकले नीलेश मान सिंह प्रधानको सीइओको पदावधि मिति १ चैत २०७५ देखि लागु हुने गरि चार वर्षको लागि थप गरेको छ ।
प्रधान नेपाल क्लियरिङ हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् र कम्पनी स्थापना देखि हालको उचाई सम्म पुर्याउन प्रमुख भूमिका निर्वाह गरेका छन् । काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजिबाट एम.बी.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ ।
कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।
प्रतिकृया दिनुहोस5>