पूर्वराजा ज्ञानेन्द्रलाई रातो कार्पेटको स्वागत, जानकी मन्दिर पूजाका दृश्य
जनकपुरधाम, बुधवार जनकपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह यात्राको दोस्रो दिन अर्थात हिजो (शुक्रबार) अपराह्न जानकी मन्दिरमा पूजाआजा गरेर फर्किए ।
जनकपुर पुगेका शाहलाई सर्वसाधरण नागरिकले भव्य स्वागत गरेका थिए । हातमा फूलको गुच्छा लिएर सर्वसाधारण स्वागतका लागि उभिएका थिए ।स्थानीय बासिन्दा र राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा बोकेकाहरु पनि धेरै थिए।
धेरै त त्यहाँ 'राजा' हेर्न भनी आएका थिए। उनीहरुलाई पूर्वराजा र पूर्वरानी कोमलको फोटो बाँडिएको थियो। पूर्वरानी कोमल भने यो भ्रमणमा आएकी थिइनन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका लागि मन्दिर परिसरमा रातो कार्पेट राखिएको थियो। पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरु उपस्थित थिए ।
प्रतिकृया दिनुहोस5>