• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

मन्त्रीपरिषदद्वारा रेल किन्न८४ करोड ९५ लाख बजेट स्वीकृत

Fm Radio Link

काठमाडौं, सरकारको गत चैत्र चार गते बसेको मन्त्रीपरिषदको बैठकले दुईवटा रेल किन्नका लागि बजेट स्वीकृत गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषदका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम संञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

 

 

रेल किन्नका लागि रेल विभागलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय बजेट स्वीकृत गरेको जनाएका छन् । साथै गत सोमबार बसेको मन्त्रीपरिषदको निर्णयले नेपाल भारत पारवहन सन्धि लगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर शाहीको संयोजकत्वमा दश सदस्यीय वार्ता टोली गठन गरिएको निर्णय गरि टोली काममा लागेको बताए ।

 

 

जलस्रोतको उपयोग, व्यवस्थापन नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तीक सहमति दिइएको जनाएको छ । त्यस्तै प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिइएको प्रवक्ता वास्कोटाले जानकारी दिए ।

 

 

गत साेमबार बसेकाे मन्त्रीपरिषदका निर्णयहरु यस प्रकार छन्:

ab

प्रतिकृया दिनुहोस