• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

अनलाइन पत्रकार खनाल पक्राउ

Fm Radio Link

 

काठमाडौँ,  महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाउने एकजना पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा झुटा समाचार लेखेर अफवाह फैलाउने कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो । 

 



परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले आवाज डटकम अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएकाले खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ,”–उहाँले भन्नुभयो । पक्राउ खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

प्रतिकृया दिनुहोस