• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

Fm Radio Link

 

काठमाडौँ,  लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ माइतीघरमा दीप प्रज्वलन गरिएको हो । 

 



पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “स्व कोइराला नेपाली काङ्ग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । 

 



उहाँले लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभयो । नेपाली काँग्रेसलाई उच्च स्थानमा पु¥याउन गिरीजाबाबुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेता सिटौलाले कोइराला सहमति, सहकार्य र एकतामा जोड दिने बताउँदै वर्तमान सरकारले पनि सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

 



केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले निरकुंश राजतन्त्र र माओवादीलाई मिलाउन गिरीजाबाबुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “मुलुकमा अहिले गिरीजाबाबुजस्ता राजनेताको अभाव खड्कीएको छ,”–उहाँले भन्नुभयो । 

प्रतिकृया दिनुहोस