• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

नेपाल-भारतबीच पारवहन सन्धिमा ‘जलमार्ग’ थप्न सहमत

Fm Radio Link

काठमाडौं, नेपाल भारतबीच जारी दुई देशस्तरीय वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्ने प्रस्ताव गरिएको छ ।  भारतको नयाँ दिल्लीमा यहि चैत ४ र ५ गते भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्ने प्रस्ताव लिइएको थियो ।

 

 

प्रस्तावमा भारत उडिसाको धमिरा र गुजरातको कण्डला बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन र तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा विराटनगर र भैरहवालाई समेत मान्यता दिन सहमत भएको हो ।

 

 

पारवहन सन्धीमा जलमार्ग पनि समावेश भएपछि भारतले गंगा साहेबगन्ज र कालुघाट लगायत नदीमा बनाइरहेको जलमार्ग नेपालले पनि प्रयोग गर्न पाउनेछ। सन् १९९९ मा नेपाल र भारतबीच द्विदेशीय पारवहन सन्धि भएको थियो ।  दुबै देशका मन्त्रिपरिषदबाट स्वीकृति भएपछि सन्धीको रुपमा लागु हुनेछ।

 

 

 

प्रतिकृया दिनुहोस