• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

बहुप्रतीक्षित मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाखदेखि इन्धन आपूर्ति शुरु

Fm Radio Link

बारा, बहुप्रतीक्षित मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको हो ।

 

 

निकुञ्जको ९ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम शुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

 

 

आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’

 

 

 

प्रतिकृया दिनुहोस