• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

रोबोट चौकिदारको सफल परिक्षण गर्दै चीन

Fm Radio Link

चीन, चीनले सन २०१८ को डिसेम्बर देखी परिक्षण शुरु गरेको चौकिदार रोबोट आफ्नो काममा सफल भएको छ ।  सन २०१९को अप्रिल सम्म परिक्षण जारी राखिने उक्त रोबोटको परिक्षण बेजिङ स्थित एक आवासीय समुदायको चौकिदारी गर्दै गरिएकाे थियो ।

 

 

परिक्षणको क्रममा चौकिदार रोबोटले मानिसहरुको तस्विर लिएको थियो साथै बातचित समेत गरेको थियो । यस रोबोट चौकिदारको सफल परिक्षण पश्चात अब मानिसले रातको समय चौकिदारी गर्न नपर्ने जनाइएको छ । बेजिङ एरोस्पेस अटोमेटिक कन्ट्रोल इन्स्टिच्युट परियोजनाका निर्देशक लियु गांग्जुङले चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई बताए । 

 

 

रोबोट मेइवाओले गैर कानूनी गतिविधिमा नजर राख्दै समुदायमा उपयोगी जानकारी दिन सफल भयो । उक्त रोबोटले सोसाइटीमा कुनै शंकास्पद ब्यक्ति र गतिविधि देख्ना साथ आलार्म बजाउने गर्दछ । त्यति मात्र हैन रोबोटले मौसमको भविष्यबाणी समेत गर्दछ । मेइवाओ रोबोटले गीत बजाउँदै मानिसलाई आकर्षित गर्ने गर्दछ ।

 

 

विएएसीआइ परियोजना निर्देशक लियुले बताए अनुसार उक्त रोबोटको विकास चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजीको मद्धतबाट विकसित गरिएको हो ।

 

 

 

प्रतिकृया दिनुहोस