• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

'विप्लव' समूहलाई विध्वंसात्मक गतिविधि नगर भन्दा चित्त दुखाउने धेरै छन् : प्रधानमन्त्री ओली

Fm Radio Link

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द समूहलाई विध्वंसात्मक गतिविधि नगर भन्दा चित्त दुखाउनेहरु धेरै रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनका क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

 

 

उनले सिके राउतले पृथकतावादी गतिविधि छोडेर आएको बताउँदै विप्लव समूहलाई पनि विध्वंसात्मक गतिविधि छोडेर वार्तामा आउन अपिल गरे ।  एक फरक प्रशंगमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकता आकस्मीक रुपमा टुङ्गीने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्, । स्थानीय तहको एकता पनि आकस्मिक रुपमा नै टुंगिनेछ ।

 

 

भैरहवा विमानस्थलको काम सन्तोषजनक रहेको बताउँदै  निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।

 

 

 

प्रतिकृया दिनुहोस