• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सावधान: तीन वर्षसम्म नचलाएको बचत खाता स्वत - निस्क्रिय

Fm Radio Link

काठमाडौं,  तीन वर्षसम्म नचलाएको बचत खाता स्वत्त : निस्क्रिय हुने भएको छ । नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

 

 

 यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रीय बैंकले भनेको छ ।

 

 

नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार देशभर चालू आर्थिक वर्षको ६ महिनासम्म २ करोड २० लाख बचत खाता खोलिएका छन् ।यसमा साढे ४४ लाख बचत खाता निस्क्रिय छन् ।  निस्क्रिय भएका चल्ती र कल खाता निवेदन दिएर सक्रिय गराउन भने पाइनेछ । 

 

 

 

प्रतिकृया दिनुहोस