• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

ट्रकको ठक्करबाट एकको मृत्यु

Fm Radio Link

 

काभ्रेपलाञ्चोक, ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । 



मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ । 



बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 



जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै हुनुहुन्थ्यो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीकोे सोही अस्पतालमा उपचार भइरहेको छ । जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । 



ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस