• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

सहचालकको मृत्यु

Fm Radio Link

 

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँघाचोक गढी नपा–४ बतासेमा बाटो खन्ने क्रममा आज डोजर पल्टेर सहचालक २३ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको छ । 

 



सडकबाट करीब १५० मिटर तल सो डोजर खसेको थियो । सो दुर्घटनामा घाइते बलठी गाउँपालिका–६ निवासी तामाङलाई उपचारका लागि धुलिखेल अस्पतालमा लैजाँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

प्रतिकृया दिनुहोस