• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पदक विजेता टोली स्वदेश फर्कियो

Fm Radio Link

 

काठमाडौँ, संयुक्त अरब इमिरेट्स (युएई)मा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । 



गत फागुन ३० देखि यही चैत ७ गतेसम्म फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा एक स्वर्ण र दुई कास्य तथा बोसीमा एक रजत हात पा¥यो । 



एथलेटिक्सको पुरुष सटफुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कास्य जिते । महिला लङजम्पमा एलिसा न्यौपानेले कास्य जितिन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत दिलाइन् । 



फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ थिए । गेम्समा १९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको स्पेसल ओलम्पिक नेपालकी अध्यक्ष एवं टोली नेता डा शिक्षिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्पेसल ओलम्पिकमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । 

प्रतिकृया दिनुहोस