• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

भिरबाट लडेर एकको मृत्यु

Fm Radio Link

 

पर्वत,दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजीकैको भिरबाट लडेर दिउँसो मृत्यु भएको हो ।

 


घरबाट बिहान बजार जान्छु भनेर शनिबार दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ । दर्जीले साथीहरुसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस