• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

वर्षाका कारण गहुँबालीमा क्षती

Fm Radio Link

अन्सार अन्सारी/ इनरुवा,  शनिबार राती र आइतबार विहान सुनसरीमा परेको वर्षाका कारण हजारौं हेक्टर क्षेत्रफलमा लगाएको गहुँबालीमा क्षती पुगेको छ । वर्षाका कारण जिल्लाको सदरमुकाम इनरुवा सहित हरिनगनर, देवानगञ्ज, गढी, वर्जु, कोशी र भोक्राहा नरसिंह गाउँपालिका लगायतका दर्जन बढी स्थानमा कृषकले लगाएको गहुँबालीमा क्षतीपुगेको हो । 

 

हरिनगर गाउँपालिका १ भुटाहाका  कृषक हफाज अन्सारी भन्छन्, पाकेको गहँुबाली भित्राउन नपाउँदै सखाप भयो । जनमजदुरको अभावले गर्दा समयमा भित्राउन सकेनौ, पानीले सबै गहुँ भिजेपछि अर्को वर्ष विउका लागी समेत समस्या हुने अवस्था आएको छ । पानीसंगै आएको असिनाले गहुँ बालीमा थप क्षति भयो गढी गाउँपालिका ५ सतैरझोराका किसान सियाराम यादवले भने । केही दिन अगाडीदेखी पटक पटकको वर्षाले गहुँबाली उत्पादनमा क्षती पु¥याएपछि यस वर्ष जिल्लामा गहुँ उत्पादनमा केही गिरावट आउन सक्ने हरिनगर गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक भुवनेश्वर यादवले भने । 


वर्षाले गहुँ, आलस र दलहनबालीमा क्षती भएपनि मकैं, तरकारी, फलफुल र चैते धानमा फाईदा गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख वौवालाल चौधरीले भने । वहाँले शनिबार राती परेको अविरल वर्षाले जिल्लामा लगाइएको गहु बालीमा केही मात्रै क्षती पु¥याएको भएपनि छिटाहा, बबिया लगायतका ठाउँमा मकैं, तरकारी, फलफुल र चैते धानमा पानीले निकै फाईदा गरेको जानकारी दिनुभयो ।


कोशी क्षेत्रमा भने लहरेबालीमा र पाकेर स्यार्ने बेलामा परेको पानीले बीऊका लागि छरिएको गहुँको गुणस्तरमा क्षती भएको किसानले गुनासो गरेका छन् । पाकिसकेको गहुँ भिजे बीऊको उमारशक्ति कम हुने कृषि बिज्ञहरुको भनाई छ । अधिकांस क्षेत्रमा हावाहुरीले गहुँ ढालेको छ । १७ हजार हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती गरीदै आएको छ । गहुँको सिजनमा भएको खडेरी, असिना पानी, बीउ, मल लगायतको समस्याले प्रत्येक वर्ष कम उत्पादन हँुदै आएको छ । जिल्लामा भृकुति, आदित्य, विजय, गौतम, एनएल ९७१ जातका गहुँ लगाइएको छ ।
 

प्रतिकृया दिनुहोस