• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

रुखबाट लडेर उदयपुरमा एक युवकको मृत्यु

Fm Radio Link

उदयपुर, चैत १८ रुखबाट लडेर उदयपुरमा एक युवकको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरमा सोमबार दिउँसो रुखबाट लडेर स्थानीय ३५ वर्षिय कुमार राईको मृत्यु भएको हो ।

 

रुखमा चढेर घाँस काटने क्रममा लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको जंगलमा रुखमा चढेर घाँस काट्दै गर्दा एक्कासी रुखबाट लडेर गम्भीर घाइते राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यापलय उदयपुरले जनाएको छ ।

 

घाइते भएका राईको बेल्टार स्थित स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको विपि प्रतिष्ठामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस