• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु

Fm Radio Link

पोखरा, कास्कीको अन्नपुर्ण गाउँपालिकामा मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु भएको छ । स्थानीय स्तरका विवाद स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यका साथ गाँउपालिकामा सुरु भएको मेलमिलाप प्रशिक्षण कार्यक्रममा गाँउपालिकाका वडा नम्बर ४ देखि ११ सम्मका ३० जना प्रशिक्षार्थिले सहभागिता जनाएका छन् ।

 

आईतवार गाँउपालिकाका अध्यक्ष युवराज कुवँरले एक कार्यक्रमका बीच उद्घाटन गर्दै स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । गाँउमा सर्वसुलभ र सबैको पहँचको लागि मेलमिलाप केन्द्र स्थापना गरी न्यायपुर्ण र शान्तिपुर्ण समाज निमार्ण गर्न यस प्रकारको तालिमको आयोजना गरिएको उनले बताए ।

 

गाँउपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सगुन गुरुङले गाँउमा स्थापना भएका मेलमिलाप केन्द्रहरुको महत्वपूर्ण भूमिका हुने भन्दै मेलमिलाप केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने समेत अपेक्षा गरिन । उनले मेलमिलाप केन्द्र सञ्चालनमा गाँउपालिकाकोे सक्दो सहयोग समेत हुने धारणा राखिन ।

 

प्रमुख प्रशिक्षक अधिवक्ता हरीप्रसाद पण्डितले मेलमिलाप केन्द्रको महत्व र फाईदाका बारेमा आफ्ना भनाई राख्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिए ।  गाउँमा देखिने विवादहरुको समाधानमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राख्दै निष्पक्ष ढंगबाट विवाद समाधान गर्न मेलमिलाकर्ताको तालिममा सहभागिहरुलाई सुझाव दिए । यसअघि सो गाँउपालिकाका १ देदि ३ सम्मका वडाका प्रतिनिधिहरुलाई आठ दिने आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको थियो । 

 

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले मेलमिलाप कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रमहरू सञ्चालन गर्ने र मेलमिलाप केन्द्रका गतिविधिहरूलाई थप प्रभावकारी तथा व्यवस्थित रूपमा अगाडि बढाउन गाँउपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । आईतवार देखि सुरु भएको तालिम ८ दिनसम्म सञ्चालन हुनेछ भने कार्यक्रमको ब्यवस्थापन अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले गरेको छ । 

 

प्रमुख प्रशिक्षक अधिवक्ता हरीप्रसाद पण्डित, अधिवक्ता गीता आचार्य, अधिवक्ता हरीप्रसाद भट्टराई र पत्रकार टंकराज अधिकारीले आईतवार र सोमवार बिभिन्न ८ वटा बिषयहरु बिवाद/द्धन्दको अवधारणा र विस्तार, बिवाद समाधानका उपाएहरु, मेलमिलाप पद्धतीको प्रयोग, अन्र्तराष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्धतीको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनि ब्यवस्था, वार्ताका आधारभुत नियमहरु र मेलमिलाप सन्दर्भमा नियमहरुको सान्दर्भिकता, मेलमिलापमा सुनाई सिप र प्रश्न गर्ने कलाको प्रयोग, मेलमिलापमा सञ्चार र सहजीकरण सिपको प्रयोग लगाएतका बिषयमा छलफल र शहजीकरण गरेका थिए । 

प्रतिकृया दिनुहोस