• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

ट्रकको ठक्करबाट रुपन्देहीमा एक बृद्धको मृत्यु

Fm Radio Link

लुम्बिनी, तिब्र गतिको ट्रकले ठक्कर दिदा रुपन्देहीमा एक बृद्धको ज्यान गएको छ ।

 

 

मृत्यु हुनेमा रुपन्देहीको गैडहवा गाँउपालिका वडा नंं. ४ पोहवा बस्ने अन्दाजी ६० बर्षीय झब्बर अहिर यादव रहेका छन ।

 

गैडहवा गाँउपालिकाको वडा नं. ३ लालपुर चौराहा स्थित लु.२ ख.१५५६ नं. को ट्रकले पैदल हिडिरहेका यादवलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

 

बृद्धलाई ठक्कर दिएर अनियन्त्रित भएको सोही ट्रकले मोटरसाइकललाई ठक्करबाट मायादेबी गाँउपालिका ३ बस्ने २५ बर्षीय प्रदीप लोध घाईते भएका छन ।

 

मृतक यादवको शवलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराउनुका साथै ट्रकचालक र मोटरसाईकल समेत नियन्त्रणमा राखी आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकरपोखरेलले बताए ।

 


 

प्रतिकृया दिनुहोस