• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

आज सन्दीप लामिछानेको खेल छ, कीर्तिमान फराकिलो पार्ने मौका

Fm Radio Link

काठमाडौं,इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् ।

 

 

सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ ।

 

दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।

 

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।

 

बिहीबार रातिको यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् ।

 

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए ।

 

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा

 

जारी आइपिएलमा अन्य स्पिनरहरु नचलिरहँदा सन्दीपलाई कीर्तिमान तोड्ने अवसर बन्दै गइरहेको छ । सन्दीपले दुई खेलबाट तीन विकेट लिइसकेका छन्

 

प्रतिकृया दिनुहोस