• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

धादिङ सहित देशभरकै मौसम बदली

Fm Radio Link

धादिङ,  धादिङ देशभरी कै मौसम बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले शुक्रबार र शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । आइतबारदेखि भने मौसममा केहि सुधार हुने उहाँको अनुमान छ । शुक्रबार तराईका सिमाना र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

 

यस्तै आज देशका धेरै ठाउँमा मेघगजनसहित पानी पर्दा उच्च हिमाली र पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस