• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते

Fm Radio Link

लाजिम्पाट, आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।

 

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उहाँकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो ।

 

स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । भित्रि बाटो भएकोले आगो निभाउन बारुण यन्त्र लैजान कठिन भएको थियो । बारुण यन्त्र त्यहाँ पुग्दासम्म स्थानीयले आगो निभाइसकेका थिए ।

 

प्रतिकृया दिनुहोस