• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

राजधानीमा टिप्पर आतंक, जडिबुटीमा एक जनाको मृत्यु

Fm Radio Link

काठमाण्डु,  जडीबुटीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

भक्तपुरको जडीबुटीमा राती २ बजे स्कुटर चालकलाई टिप्परले ठक्कर दिँदा एक जनाएको मृत्यु भएको हो । गत बुधबार पनि जडिबुटीमै टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

 

 

जडीबुटीको पेट्रोल पम्पअगाडि स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमान घर भएका बालकृष्ण कार्कीको मृत्यु भएको हो ।

कार्की सवार बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको टिपरले ठक्कर दिएर भागेको हो । स्कुटरमा रहेका अन्य दुई जना घाइते भएका छन् ।

 

सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिए भागेको टिप्परको खोजी भइरहेको प्रहरीले जनाउको छ ।

 
 
 
 

 

प्रतिकृया दिनुहोस