• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

शुक्रबारबाट देशभरका सरकारी अस्पताल बन्द

Fm Radio Link

काठमाण्डु,शुक्रबारबाट चिकित्सकहरुले सरकारी अस्पताल बन्द गराएका छन् । आफुहरुलाई संघीय सरकारको मातहत राख्न माग गर्दै आजबाटा देशभरका स्वास्थ्य सेवा बन्द गराएका हुन् ।

 

 

सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोडान)को नेतृत्वमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

 

गोडानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ ।

 

यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले निर्णय गरेको हो  । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन्  । सरकारले आफ्ना माग पूरा नगरे सामूहिका राजीनामा दिने उनीहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस