• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

गोकुल सामुदायिक वन समूहको पाँचौ वार्षिक साधारणसभा

तीन पत्रकार सम्मानित

Fm Radio Link

बाँके, बाँकेको डुडुवा गाउँपालिका वडा नं.३,४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधबार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण सम्पन्न भएको छ । डुडुवां–५, तपसीबाबामा रहेको संस्थाको कार्यालयमा बुधबार एक समारोहबीच पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण गरिएको हो ।

 

कार्यक्रमको उदघाटनमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा यहाँको स्थानले सम्भावना बोकेको हुँदा बिकासमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वनमा आबद्ध सदस्यहरुको सक्रियता भएमात्र भएका सम्भावनाहरुको बिकास हुन सक्ने भएकाले सबैलाई लाग्न अतिथिहरुले अनुरोध गरे ।

 

डुडुवा वडा नं.–३ का अध्यक्ष भण्डारीलाई यादवको प्रमुख अथित्यतामा भएको कार्यक्रममा बोल्दै नेपालगञ्ज सव वन डिभिजन कार्यालय राँझाका सहायक वन अधिकृत टेक बहादुर नेपालीले सामुदायिक वनले स्थानीयलाई सहयोग पु¥याउने हुँदा यसको संरक्षण गर्न पनि उत्तिकै आवश्यकता भएको बताउनु भयो ।

 

समुदायलाई केहि फाईदा होस र वन जंगलको संरक्षण हुने उद्देश्यले नै सामुदायिक वनको संरचना तयार भएको बताउँदै उहाँले सामुदायिक वन बिश्वमै उदाहारणीय कार्य भएको बताउनुभयो । उहाँले राप्ती नदि क्षेत्र पनि यस वनमा पर्ने भएकाले सम्भावनाको खोजी गरी अघि बढ्न स्थानीयलाई आव्हान गर्नुभयो ।

 

समूहका अध्यक्ष बडेलाल यादवको अध्यक्षतामा भएको उद्घाटन शत्रमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ का सदस्य महेन्द्र शाही, सामुदायिक वन उपभोक्ता महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, सामुदायिक वन समन्वय समितिका लवराज खरेल लगायतले बोल्नुभएको कार्यक्रमलाई कोषाध्यक्ष सूर्यलाल यादवले संचालन गर्नुभएको थियो । सामुदायिक वनमा ३ सय ६४ उपभोक्ता तथा सदस्य रहेका छन् । 

तीन पत्रकार सम्मानित
सामुदायिक वन क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै बाँकेका तीन पत्रकार सम्मानित भएका छन् । बुधबार बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ मा रहेको गोकुल सामुदायिक वन समूहले वन वातावरण संरक्षण प्रवद्र्धन र बिकासमा योगदान पु¥याएको भन्दै अवधी पत्रकार महासंघका अध्यक्ष तथा रेडियो कृष्णसार एफएफका अध्यक्ष राकेश मिश्र, सौर्य दैनिकमा कार्यरत पत्रकार गुरुमुरुत यादव र रेडियो बागेश्वरी एफएममा कार्यरत पत्रकार भीष्म लोध सम्मानित भएका हुन ।

 

उनीहरुलाई संस्थाले सम्मान स्वारुप नगद एक हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान प्रदान गरेको छ । त्यस्तै वन समूहले संस्थापक अध्यक्षसहित १२ जनालाई पनि सम्मान गरेको छ । संस्थाका संस्थापक अध्यक्ष मोहन यादव, पूर्व अध्यक्ष लच्छीराम यादव, पूर्व उपाध्यक्ष रामसुहावन यादव, पूर्व कोषाध्यक्ष खेमला सोनकर, कार्यसमिति सदस्य हास्मा अन्सारी, तिरथराम यादव, चंक बहादुर खड्का, असर्फी लोनिया, वन हेरालु त्रिभुवन यादव, राम मनोरथ यादवलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

 

त्यस्तै संस्थामा आवद्ध भएका निर्वाचित जनप्रतिनिधि डुडुवा ३ का वडा अध्यक्ष भण्डारीलाल यादव र वडा सदस्य मालती प्रसाद यादवलाई समेत अध्यक्ष तथा अथितिले सम्मान गर्नुभयो ।

प्रतिकृया दिनुहोस