• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सेतीमा फेरी बाढी हल्ला मात्रै

Fm Radio Link

पोखरा, सेतीमा बाढी गएको भन्ने हल्ला मात्रै भएको बताएका छन् । बुधबार दिउसोबाट सेतीमा बाढी आएको हल्ला गरे पनि त्यो हल्ला मात्रै भएको कास्कीको माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

 

उनले आफुलाई पनि बाढी गएको भन्दै धेरैले सोधेको बताए । ‘सेतीमा बाढी आएको छ भन्ने हल्ला आयो,’ उनले भने ‘ हल्ला आए पछि करुवाका बासीन्दालाई फोन गरेर सोध सेती नदीमा पनि हेरे बाढी आएको छैन ।’ ‘सेतीको पानीमा कुनै परिर्वतन पनि छैन,’ उनले भने ‘उपल्लो तातो पानी सम्म मानिसहरु गएर हेरेरै आए, बाढीको कुनै सम्भावना छैन ।’

 

उनले नदीमा बाढी आएका जानकारी दिने गरी सुचना प्रणाली समेत भएको बताए । उनले तातो पानी भन्दा माथीको अवस्था कस्तो भने बारेमा हेलिकप्टरबाट हेर्नु पर्ने बताए ।

 

सेतीमा २०६९ साल बैशाख २३ गते धेरै धनजनको क्षती हुने गरी बाढी गएको थियो । अन्नपुर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको अध्ययनले देखाएको थियो ।

 

बेमौसमी सेती बाढीका कारण पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो । शनिबारको दिन परेकोले तत्कालिन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपत्ता बनाएको थियो । २८ जनाको मात्र शव प्राप्त भएको थियो भने दर्जनौँ परिवारको घरबास उठेको थियो ।
 

प्रतिकृया दिनुहोस