• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

गण्डकी प्रदेशले २६ कर्मचारीलाई सम्मानलाई सम्मान गर्ने

Fm Radio Link

पोखरा ।

गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन ४ गते प्रदेश दिवसका अवसरमा प्रदेशका कर्मचारीलाई सम्मान गर्ने योजना थियो । तर, कार्यसम्पादन मूल्यांकन तथा तयारी नपुगेको भन्दै सम्मान रोकिएको थियो । सम्मानित हुनेमा प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका कार्यालय सहयोगीसम्म छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई मन्त्रिपरिषदको बैठकले छनोट गरेको हो ।

मन्त्रिपरिषदको बैठकले स्वत अवकाश लिन लागेका प्रमुख सचिव लक्ष्मीरामलाई प्रशंसापत्रले सम्मान गर्ने निर्णय गरेको छ भने बाँकी कर्मचारीले नगदसहित पुरस्कार पाउने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘नाम छनोट भयो । अबको कुनै एक विशेष दिवश पारेर पुरस्कृत गर्ने योजनामा छौं, मिति तय भइसकेको छैन,’ प्रवक्ता बस्नेतले भने । २५ हजार, ५० हजार र ७५ हजार रुपैयाँका दरले कर्मचारीलाई पुरस्कृत गरिने छ ।
 

प्रतिकृया दिनुहोस