• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

दाल, भात, तरकारीको टिम पोखरामा

Fm Radio Link

पोखरा ।

कलाकार किरण केसी निर्माता रहेको नेपाली चलचित्र ‘दात भात तरकारी’ को टिम चलचित्रको प्रचारप्रसारका लागि जुटेको छ । देशभरी नै कलाकारको टिम प्रचारप्रसारमा जुटिरहँदा बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रका विषयमा जानकारी दिएको छ ।

कलाकार हरिवंश आचार्यले कार्यक्रममा बोल्दै चलचित्रले देशको भाषा तथा संस्कृतिको जर्गेना गर्न सहयोग गर्ने बताए । गरिबीका कारणले नेपालका लाखौँ युवाहरु विदेशमा गएर श्रम गर्नुपर्ने बाध्यता भएपनि हुने खानेहरुले समेत विदेशको मोह त्याग्न नसक्ने विषयमा चलचित्र निमार्ण भएको बताए । “नेपालमा गरिबीले गर्दा खाडीमा जानुको अर्को विकल्प नहुने युवाहरु मात्र होइन, हुने खानेहरु पनि विदेशको मोहमा चुर्लुम्म डुबेका छन् ।” उनले भने – “विदेशमा मात्रा होइन नेपालमा बसेर पनि कमाई गर्न सकिन्छ र रमाउन सकिन्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।” विदेश नजाँदासम्म जाउँ–जाउँ लाग्ने तर गइसकेपछि भने निकै गाह्रो हुने उनले बताए ।

चलचित्रले मनोरञ्जन मात्र नभएर समाजमा सही सन्देश समेत प्रवाह गर्ने उनको भनाई छ । अहिलेको समयमा केही नेपाली चलचित्रहरु पनि विदेशी चलचित्रसंग प्रतिस्पर्धा गर्न सक्ने किसिमको बन्न थालेकोमा खुसी व्यक्त गरे । आफुहरुको चलचित्र सबै परिवारले हेर्न मिल्न किसिमको भएको समेत स्पष्ट पारेका छन् ।

चलचित्र की नायिका आँचल शर्माले नेपाली चलचित्र ‘शत्रु गते” लाई जस्तै ‘दाल भात तरकारी’ लाई समेत स्वीकार गर्न आग्रह गरिन् । उत्कृष्ट तथा एकदम राम्रो चलचित्र भनेर आफुले दावी नगरेपनि सबै टिमले मेहनत गरेको बताइन् । चलचित्रमा आफ्नो भुमिका चुलबुली, छुच्ची किसिमको रहेको उनको भनाई छ ।

चलचित्रमा गायिका जुनु रिजालको समेत अतिथिको भुमिका रहेको बताइएको छ । नेपालमा नै पहिलो पटक चलचित्र ‘दाल भात तरकारी’ को डेढ दर्जन शोहरु बुकिङ्ग भइसकेको समेत कार्यक्रममा जानकारी दिइएको छ । सुदन केसीको निर्देशनमा बनेको चलचित्रमा निरुता सिङ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, शिवहरि पौडेल, पुष्प खड्का, वर्षा राउत लगाएतको अभिनय रहेको छ । वैशाख २० गतेबाट रिलिज हुने चलचित्र राम्रो तथा सन्देशमुलक बनेको टिमले दावी गरेको छ ।
 

प्रतिकृया दिनुहोस