• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

पोखराका दुई ठाउँमा बम, डिस्पोज गर्न लाग्दा एकजना घाईते

Fm Radio Link

पोखरा ।

पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए

यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

प्रतिकृया दिनुहोस