• २०७६ असोज २८ मंगलबार / Tuesday, October 15
Skip Advt.

लक्ष्मीले ल्याइन् तीज गीत ‘फुङ्गालेर माइती देश’

‘फुङ्गालेर माइती देश’ छमछमी नाचिन् लक्ष्मी 

Fm Radio Link

काठमाडौं, हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन् । 


यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । 


लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषय गीतमा समेटेकी छन् । बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीत माथी आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।


करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ । 
 

प्रतिकृया दिनुहोस