• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

तराई क्षेत्रमा सर्पको बिगबिगी, सजग रहन चिकिसकको आग्रह

Fm Radio Link

काठमाडौं, लगातारको वर्षापछि तराईका जिल्लाहरूमा सर्पको बिगबिगी देखिएको छ । बासस्थानमा पानी भरिएपछि  सुख्खा ठाउँ खोज्दैै यस्तो बेलामा सर्प बाहिर निस्कने विज्ञहरूको भनाइ छ ।

 

सर्पले टोकाइबाट रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको मृत्युभएको छ । डुबान क्षेत्रमा अहिलेसम्म २० जनाभन्दा बढीलाई सर्पले डसेको गुञ्जन एफएम, रौतहटले जनाएको छ ।

 

रौतहट जिल्ला अस्पतालमा अझैँ पनि १५ जनाले उपचार गराइरहेका छन् । रातको समयमा बाहिर निस्कनुपरेमा टर्च र लट्टी लिएर हिँड्ने, खुट्टामा लामो खालको जुत्ता लगाउने र हातमा पञ्जा लगाएर काम गर्ने, भूईँमा नसुत्ने, रातको समयमा झुलको प्रयोग गर्ने, घर वरपरको वातावरण सफा राख्ने, प्वालहरू बन्द गर्नाले पनि सर्पबाट जोगिन सकिने भेरी अस्पताल नेपालगञ्जका डा पारस पाण्डेले सीआईएनसँग बताउनुभयो ।

 

बाँकेको भेरी अस्पतालमा दैनिक कम्तिमा दसजना बिरामी सर्पदंसशका आउने गरेका छन् । उनीहरू मध्ये १÷२ जनाको अवस्था गम्भीर हुने गरेको उपचारमा संलग्न चिकित्सकहरूले बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस