• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

आज खण्डग्रास चन्द्र ग्रहण

Fm Radio Link

काठमाडौं,आज अबेर राति खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टे«लियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब खण्डग्रास ग्रहण लाग्ने गर्छ ।

 

नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार आज गुरुपूर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।

 

राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने छ । चन्द्र ग्रहण हेर्न चाहनेले आज राति १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो रङ्गको देख्न सक्नेछन्  ।

 

बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाँले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो नदेखिने विज्ञहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस