• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

आज साउने संक्रान्ति

Fm Radio Link

काठमाडौं,आज देशभर साउने संक्रान्ति पर्व मनाईदै छ ।  असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आज भोज खाने चलन छ । यस्तै आज असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि रहेको छ ।

 

आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ ।

 

आजको दिनबाट  महिलाहरु एक महिनाको लागि ब्रत बस्ने चलन पनि छ । महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउनुका साथै सोमबारे ब्रत बस्ने गर्दछन् ।  साउनको सोमबार व्रत बस्नाले शिव प्रसन्न हुने विश्वास गरिन्छ । 

प्रतिकृया दिनुहोस