• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

धनगढी विस्फोटः विप्लव कार्यकर्ता सेरेला डिस्चार्ज भए लगत्तै पक्राउ

Fm Radio Link

धनगढी, धनगढीबाट बिप्लव समुहका १ कार्यकर्ता पक्राउ परेका छन् । धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्ता लक्ष्मण सरेलालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।

 

  घाईते भएका सेरेलालाई उपचारपछि माया मेट्रो अस्पतालले डिस्चार्ज गरे लगतै वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । उपचारपछि सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

 


जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय धनगढी प्रमुख प्रहरी निरिक्षक पुष्करराज पन्तले बताए । 

 


धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए । उनको प्रहरीको निगरानी मै उपचार भईरहेको थियो ।

प्रतिकृया दिनुहोस