बालुवाटारमा कसरी लाग्यो आगो ?
काठमाडौं । बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ ।आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा सुरु भएको आगलागी २ बजे नियन्त्रणमा आएको थियो ।
जुद्ध बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले प्रज्जलनशील सामाग्री भण्डारण भएको स्थानमबाट आगो सुरू भएको जानकारी दिए।
जेनेरेटर नजिकै डिजेल स्टक रहेको ठाउँबाट आगलागी भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस5>