• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन गर्न प्राधिकरण बनाईने

Fm Radio Link

काठमाडौ, सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन गर्न प्राधिकरण बनाउने भएको छ । यसअघि नै प्राधिकरण बनाउने घोषणा गरेको सरकारले आज संघीय संसदमा प्राधिकरण गठन सम्बन्धी विधेयक दर्ता गराएको हो ।

 

नयाँ बन्ने प्राधिकरणलाई काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीको नियमन, व्यवस्थापन लगायत सम्पूर्ण काम गर्ने जिम्मा दिइनेछ । काठमाडौं उपत्यकाभित्र यात्रुहरुको आवतजावत र पहुँचलाई सरल, सहज, विश्वसनीय, लागत–प्रभावी र सुरक्षित बनाई सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिएको उक्त विधेयकमा उल्लेख छ ।

 

विधेयकमा सार्वजनिक यातायात सम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्ने, काठमाडौं उपत्यकाको लागि उपयुक्त हुने एकीकृत यातायात प्रणाली विकास गर्ने लगायतका प्रावधान राखिएको छ ।

 

एकीकृत यातायात प्रणाली सञ्चालन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन विद्युतीय भाडा प्राणालीको विकास गरी कार्यान्वय गर्ने लगायतका विषय पनि विधेयकमा छन् । 

प्रतिकृया दिनुहोस