• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

Fm Radio Link

काठमाण्डौं, त्रिशुलीमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या आठ पुगेको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको बस हिजो साढे ३ बजे त्रिशुली नदीमा खसेको थियो ।

 

४५ यात्रु लिएर काठमाडौंका लागि छुटेकोे बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटको त्रिशूली नदीमा खसेकोे थियो । मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ भने अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिनुभयो ।

 

अन्य वेपत्ता भएकाहरुको भने गोताखोरको टोलीबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सीआईएनसँग बताउनुभयो । वेपत्ताहरु नभेटिएकाले चितवन, नवलपरासी जिल्लाको नदिकिनारमा पनि खोजिको लागि प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

 

वेपत्तामध्ये केही भारतिय नागरिक पनि रहेको प्रहरीले जनाएको छ । धादिङ धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । एक वर्षको अवधिमा जिल्लामा १ सय ४४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको छ भने अहिले सम्म १ सय ९१ जना गम्भिर घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस