• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

विकास निर्माणको काम गर्दा वातावरणलाई पर्ने असरलाई ध्यान दिन आग्रह

Fm Radio Link
फाइल फोटो

काठमाण्डौं, विकास निर्माणको काम गर्दा दिर्घकालिन असरलाई पनि ध्यान दिन स्थानीय तहलाई वन तथा भू–संरक्षण विभागले आग्रह गरेको छ ।  दिर्घकालिन असरको अध्ययन नगरी गरिएको विकास निर्माण र सडकका कारण वर्षायाममा पहिरो जाने र मानवीय क्षति हुने हुँदा विकास निर्माणका काम गर्दा वातावरणिय प्रभाव मूल्यांकन गरेर मात्र काम अगाडि बढाउन विभागले आग्रह गरेको हो ।

 

स्थानीय तहले विपद् व्यवस्थापनको लागि योजनाहरु बनाउने गरेपनि व्यवस्थित हुन नसक्दा पहिरोबाट हुने क्षति कम हुन नसकेको विभागले जनाएको छ । पहिरो नियन्त्रणको लागि स्थानिय तहले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने र रुखविरुवा रोप्नु पर्ने विभागको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाका योजना अधिकृत प्रेमप्रसाद पौडेलले  बताउनु भयो ।

 

महाशाखाले गरेको एक अध्ययन अनुसार अहिलेसम्म देशभरी नौ हजार तीन सय ८० वटा पहिरो गएको छ । 

प्रतिकृया दिनुहोस