• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

सुदूरपश्चिममा भोलि रक्षा बन्धनको सार्वजनिक बिदा

Fm Radio Link

धनगढी, सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार भोलि सार्वजनिक बिदा दिएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् ।

 

२ नम्बर प्रदेशले पनि दियो सार्वजनिक बिदा
बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा २ नम्बर प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस