• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

भड्किलो तीजखर्चको पैसागरिब विद्यार्थीको पढाईमा

Fm Radio Link

पोखरा, लेकसाईडका पर्यटन व्यवसायाी महिलाहरुले भड्किलो तीजमा गरिने खर्चलाई ल्याण्ड फिल्ड साईडमा काम गर्ने गरिब विद्यार्थीको पढाईमा खर्च गर्ने भएका छन् ।

 

लेकसाईडको मितेरी नारी समुहका महिलाहरुले आफ्नो तीज खर्चलाई रोल्पा स्थाई घर भई पोखराको ल्याण्ड फिल्ड साईडमा कामगर्दै स्कुल पढ्ने सुबिना घर्तीमगरको पढाईमा खर्च गर्ने निर्णय गरेका हुन् । 

 

१२ वर्षिया सुविना मझेरी पाटनको रामेश्वरी माविको कक्षा ६ मा अध्ययनरत छन् । नारी समुहकी अध्यक्ष मिरा पौडेलका अनुसार तीज सवै महिलाको समान उत्सवको पर्व हो हामीले पनि उत्सवमा रमाईलो गर्ने पैसा अर्को नारीको खुशीको लागि लगानी गर्ने निर्णय गर्न पाउदा निकै खशी भएका छौ । उनले भनिन्–“नारीको वेदना नारीले नै वढी वुझ्नु पर्छ भन्दै हामीले तीजमा गर्ने खर्चलाई सुविनाको दश जोड दुई सम्मको अध्ययनका लागि लाग्ने सवै खर्च वेहोर्ने निर्णय गरेरका हौ ।”

 

आउँदा वर्षहरुमा अन्य खालका फजुल खर्च हुने क्षेत्रमा पनि कर्च कटौती गर्ने अभियान चलाउने योजना रहेको पनि अध्यक्ष पौडेलको भनाई थियो । सुविनाका वावु आमा विगत १७ वर्ष देखी ल्याण्ड फिल्ड साईडमा काम गर्दै आईरहेका छन् भने विदाको समयमा सुविना पनि सोहि काममा व्यस्त हुने गरेकी छन् । उनिहरुका तीन छोरी मध्येकी कान्छी सुविनाले अव वाकी अध्ययनका लागि लाग्ने पोशाक, स्टेशनरी सामाग्री र अध्ययनका लागि आवस्यक पर्ने अन्य कुनै पनि खर्च मितेरी आमा समुहले गर्ने पनि अध्यक्ष पौडेलको भनाई छ । समहले विगतका वर्षहरुमा पनि महिला सशक्तिकरण र अन्य कामहरु गर्दै आएका छन् । 

 

नारी जागरण अभियान पोखराको अनुरोध पछि गण्डकी प्रदेश सरकार र स्थानिय प्रशासनले समेत भड्कीलो रहित तरिकाले तीज मनाउन अनुरोध गरेसँगै महिलाहरु स्वस्फुर्त रुपमा तीज खर्चलाई कटौती गर्दै रचनात्मक रुपमा मनाउन सुरु गरेका हुन् । ल्याण्ड फिल्ड साईडमा काम गर्ने छात्राको अध्ययनमा खर्च गर्न पनि नारी जागरण अभियानले नै संयोजनकारी भुमिका निर्वाह गरेको समेत अध्यक्ष पौडेलले जानकारी दिईन् ।

 

दुई दिन पहिला मात्रै पोखरा महानगरपालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको जानकरी दिनपाँच सयभन्दा वढी महिलाहरु सडकमा निस्किएका थिए । 

प्रतिकृया दिनुहोस