• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

एनसेलको कर विवाद भदौ ५ मा सारियो

Fm Radio Link

काठमाडौं, सर्वोच्च अदालतले एनसेलको कर विवादमा भदौ ५ गते निर्णय सुनाउने भएको छ । आज सुनाउने भनिएको निर्णय ८ दिनपछि अर्को विहीबारलाई सुनाउने सर्वोच्चमन सञ्चार विज्ञ किशोर पौडेलले बताउनुभयो ।

 

एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।

 

ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।

प्रतिकृया दिनुहोस